दफा २८
धितोपत्रको बिक्री तथा हस्तान्तरण
(१) संगठित संस्थाले धितोपत्रको दर्ता भएपछि त्यस्तो धितोपत्रको बाँडफाँड वा बिक्री गरेमा त्यसरी बाँडफाँड वा बिक्री गरेको धितोपत्रको विवरण सहितको सूचना सात दिनभित्र बोर्डलाई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि लगानीकर्ता र संगठित संस्थाको हितको लागि त्यस्तो धितोपत्रको बाँडफाँड र बिक्री गर्ने कार्यलाई स्वच्छ र जानकारीमूलक बनाउनु पर्ने देखिएमा बोर्डले सम्बन्धित संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।